झापा जिल्ला आमन्त्रण चेस सुरु

झापा । झापा जिल्ला खुल्ला आमन्त्रण रेटिङ चेस प्रतियोगिता मंगलबार सुरु भयो । प्रतियोगिताको प्रमुख अतिथी कोशी प्रदेशका सांसद गोपाल तामाङले उद्घाटन गरे । स्वीस लिगको आधारमा तीन दिनसम्म हुने प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरी ३५ जना खेलाडीको सहभागिता छ ।

प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख ९ हजार ५ सय रुपैयाँ रहेको छ । प्रतियोगिताको आयोजक नाइटचेस क्लब, रोटरी कलब अफ मेचीनगर र मेची युवा चेस एकेडेमी छन् ।

प्रतियोगिताले युवा खेलाडीको क्षमता विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास रहेको टुर्नामेन्ट डाइरेक्टर भरत गुरुङले जानकारी दिए ।

पहिलो दिन दुई चरणको खेल सकिँदा राजन सुवेदी, विकास मैनाली, विश्वविजय घिमिरे, विक्रम सिंघक, हिमाल राई र उमेस राईको दूई अंक छ ।

 

प्रकाशित मिति: २०२३-०४-०५ , समय : ०८:३८:३४ , २ वर्ष अगाडि