
काभ्रे । नेपाल खेलकुद महासंघ समाजवादी काभ्रे जिल्लाको भेला बिहीबार सम्पन्न भयो ।
भेलाले अरूण बानियाँको अध्यक्षतामा ३१ सदस्यीय सर्वसम्मत नेपाल खेलकुद महासंघ (समाजवादी) काभ्रे गठन गरेको छ ।

अध्यक्षमा अरुण बानियाँ, उपाध्यक्षमा सरिता पौडेल, सचिबमा राजकुमार शाह र उप–सचिबमा अप्सरा सत्याल रहेको कमिटी गठन गरेको हो ।
भेलामा काभ्रे पार्टी जिल्ला अध्यक्ष बसुन्धरा हुमागाई, केन्द्रीय परिषद् सदस्य कल्पना श्रेष्ठ, पार्टी जिल्ला सचिब गोकुल गौतम, युवा संघ नेपाल केन्द्रीय सचिव भेषराज शाह, नेपाल खेलकुद महासंघ (समाजवादी) बागमती प्रदेश कमिटीका उप–सचिव पुरषोतम आचाय र राजकुमार गौतम लगायतको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: २०२३-०४-०६ , समय : १९:०७:१५ , २ वर्ष अगाडि