हक्की प्रतियोगितामा सुदूरपश्चिम र प्रहरीको जित

काठमाडौं । सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरीले गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा शुक्रबार जित हात पारेका छन् ।

विराटनगरको सहिद रंगशालामा भइरहेको प्रतियोगितामा सुदूरपश्चिमले कोशी प्रदेशलाई ३–१ गोलले पराजित ग¥यो । विजेताका महेश नेपाली, सागर बोहरा र अमित ओझाले गोल गरे । कोशीका विशु घिमिरेले १ गोल फर्काए ।

प्रहरीले कर्णालीलाई ७–० गोलले हरायो । रोहित लामाले २ तथा सागर आचार्य, श्रवण कुमार, महेश धामी, भरत खत्री र सुनिल राणाले १–१ गोल गरे ।

प्रकाशित मिति: २०२३-०४-०७ , समय : २१:०२:१९ , २ वर्ष अगाडि