बुद्धिचाल प्रतियोगिता सतप्रतिशत जीत दर्ता गर्दै शीर्ष तीनमा

विराटनगर । मोरङको पथरी शनिश्चरेमा २४गते देखि सुरु भएको सहिद रत्न कुमार बान्तावा स्मृतिदोस्रो रास्ट्रिय बुद्धिचाल प्रतियोगिताको पाँचौ चरणको खेल सकिदासम्म पूर्व नेपाल च्याम्पियनद्वय बद्रीलाल नेपाली, नवीन तण्डुकार र प्रकाश चन्द्र नेपाल, सतप्रतिशत जीत दर्ता गर्दै शीर्ष तीनमा रहेका छन् ।

दोस्रो दिनको पाँचौ चरणको खेलमा बद्रीलालले प्रदेश च्यम्पियन राजु सुबेदीलाइ हराए भने, नबिनले पुरुषात्तम चौलागाईंलाई हराए साथै प्रकाश नेपालले झापाकै खेलाडी सुमन श्रेष्ठलाई हराए।

त्यसैगरि स्थानीय खेलाडी लोकसागर साम्बा ४ जीत र एक बराबरीको नतिजा निकाल्दै उपाधीमा दावेदारी प्रस्तुत गरेका छन् ।

साम्बाले तेस्रो चरणमा नेपाल च्याम्पियन पुरूषोत्तम चौलागाईँलाई बराबरीमा रोकेका थिए भने चौथो चरणमा १७९५ रेटेड चुडामणी कुलुङ राई पराजीत गरेका थिए ।

दोस्रो दिनको अन्तिम खेल पाँचौ चरणमा भने साम्बाले १७०७ रेटेड कमल मैनालीलाई पराजीत गरेका थिए । साम्बाले भोलि विहान छैटौँ चरणमा पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीसँग प्रतिस्पर्धा गर्नेछन् । २७ गतेसम्म चल्ने प्रतियोगिता कुल ९ राउन्ड को हुनेछ ।

प्रकाशित मिति: २०२३-०४-०८ , समय : २१:०२:५१ , २ वर्ष अगाडि