छैटौं दिलिप स्मृति तेक्वान्दो प्रतियोगितामा रोनिशा र कृपालाई स्वर्ण

काठमाडौं । आयोजक दिलिप स्मृति प्रतिष्ठानका रोनिशा गौतम र कृपा गौतमले दोश्रो बागमती प्रदेश स्तरीय तथा छैटौं दिलिप स्मृति तेक्वान्दो प्रतियोगितामा बुधबार स्वर्ण जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको महिला जुनियर २४ केजीमुनि फाइनलमा रोनिशाले डेनेबकी युनिशा राईलाई पराजित गरिन् । जुनियर महिला २२ केजीमुनि फाइनलमा कृपाले ढल्कुकी रिम्फु तामाङलाई हराइन् ।

जुनियर महिला ३४ केजीमुनि लैनचौरकी कृजला श्रेष्ठ, ३१ केजीमुनि ढल्कुकी योङचेन लामा र २८ केजीमुनि ढल्कुकी जोबियाना तामाङ पहिलो भए ।

जुनियर पुरुष ५४ केजीमुनि आयोजकका निश्चल धोली, ४९ केजीमुनि आयोजकका करण धोली, ४६ केजीमुनि आयोजकका कैलाश थापा, ४३ केजीमुनि ढल्कुका रोजन लामा, ३८ केजीमुनि युन्सुबका सुजन ग्लान, १८ केजीमुनि चुनदेवीका शिरीश मगर र १५ केजीमुनि आयोजकका आदित्या माझीले स्वर्ण जिते ।

प्रतियोगिताको नेता मुस्कान पौडेलले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा तेक्वान्दोमा प्रतिभावन खेलाडी उत्पादनमा योगदान पु¥याएवापत आयोजक प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीलाई नगद ५१ हजारसहित नेता मुस्कानले सम्मान गरेका थिए ।

प्रतियोगितामा १ सय ८० खेलाडीले विभिनन २३ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ । शीर्ष तीन स्थान हात पार्ने टिमले नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रकाशित मिति: २०२३-०४-१३ , समय : ०६:२७:३१ , २ वर्ष अगाडि