
काठमाडौं । गीतकार राजेन्द्रप्रसाद कोइरालाको नयाँ गीत ‘म शब्द तिमी अर्थ’ सार्वजनिक भएको छ। सुगम पोखरेलको स्वर रहेको गीतमा विकास चौधरीको संगीत र सञ्जय हमालको एरेन्ज रहेको छ ।
कमल सिंह र बिनु शाक्यको अभिनय रहेको गीतको भिडियोलाई सुगमकै आधिकारिक युट्युब च्यानलमा रिलिज गरिएको छ । भिडियोमा आवेश बज्राचार्यको छायांकन र माधव बेल्वासेको सम्पादन छ ।

लामो समयदेखि कलेजमा अध्यापन गर्दै आएका विराटनगर निवासी गीतकार कोइरालाका लेखरचनाहरु पनि प्रकाशित हुदै आएका छन् ।
प्रकाशित मिति: २०२३-०१-२९ , समय : १३:४९:४७ , २ वर्ष अगाडि