
काठमाडौं । गायक सपन श्रेष्ठ र गायिका लक्ष्मी हमालले आइटम डान्सिङ गीत ‘आऊसँगै झुमी नाचौं’ सार्वजनिक गरेका छन् । लक्ष्मी हमालको शब्द ,सगीत र राहुल प्रधानको एरेन्ज रहेको गीतको आइतबार काठमाडौमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।
सुधीर श्रेष्ठ र मल्लिका राजोपाध्यायको अभिनय रहेको गीतको म्युजिक भिडियोलाई सपन श्रेष्ठ युट्युब च्यानलमा रिलिज गरिएको छ । अहिले युवापुस्तामा वितृष्णा एवं नैराश्यता बढिरहेको यस्तो बेलामा गीत संगीतका माध्यमबाट सकारात्मक ऊर्जा दिने उद्देश्यले गीत निर्माण गरिएको गायक श्रेष्ठले बताए ।

बेरोजगारीलगायत समस्याले गाँजेको नेपाली युवापुस्ता विभिन्न खाले वितृष्णाको सिकार बनिरहेको र मुलुकमा त्यस्तै खाले घटनाक्रम भइरहँदा यो गीतले मरिलानु के छ र ? रमाइलोका साथ माया, प्रेम र सद्भावले जीवन जिऔं भन्ने भाव बोकेको गीतकार तथा संगीतकार समेत रहेकी हमालले बताइन्को ।
गीतमा रहेको र्याप पार्टको फिचरिङ प्रिन्स राजले गरेका छन् । नयाँ पुस्तालाई नै लक्षित गरेर बनाइएको म्युजिक भिडियो निर्देशन पनि गायक सपन श्रेष्ठले नै गरेका हुन् । उनको यो डेब्यु म्युजिक भिडियो निर्देशन हो । प्रशान्त तामाङको कोरियोग्राफी र अनिल के मानन्धरको सिनेमाटोग्राफी रहेको भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ।
प्रकाशित मिति: २०२३-०१-३० , समय : २२:११:०४ , २ वर्ष अगाडि