आयुष र एन्जिला फिचर्ड ‘आँखों से कह दो’ को सार्वजनिक

गायक कर्मा ग्याल्जेन बोम्जन र गायिका बबिता मानन्धरको सुमधुर स्वरमा रहेको हिन्दी गीत ‘आँखों से कह दो’ सार्वजनिक भएको छ ।
बेलायत बस्दै आएका संगीतकार तथा गीतकार विदेहमणि उपाध्यायको शब्द, संगीत रहेको प्रेमिल शैलीको यस गीतलाइ डेनियल गदालको एरेन्ज गरेका हुन् ।
आयुष खड्का र एन्जिला बानियाको रोमान्टिक अभिनय रहेको गीतको भिडियोलाई युवा निर्देशक अनुप चापागाईले निर्देशन गरेका हुन् । बुद्ध थापाको सिनेमाटोग्राफी ,भिडियोमा विकास दाहालको सम्पादन रहेको छ ।
भिडियोलाई रहिल अहमद अफिसियल ( Raheel Ahmed Official ) च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो । पछिल्लो समय नेपालमा पनि रामो राम्रो म्युजिक भिडियोहरु निर्माण हुन थालेको भन्ने यो भिडियो हेरे पछि प्रस्ट हुन्छ ।

प्रकाशित मिति: २०२३-०२-२८ , समय : २२:५२:३९ , २ वर्ष अगाडि