टेलिचलचित्र ‘सर्खारको सर’को प्रोमो सार्वजनिक

काठमाडौं ।राजनीतिक विकृति विसङ्गतिसँगै नेपाली समाजका यथार्थ घटना र समस्याहरुलाई उजागर गर्ने उद्देश्यले नयाँ टेलिचलचित्र निर्माण हुने भएको छ । हरेक बुधबार राती पौने ९ बजे नेपाल टेलिभिजन नेटवर्कबाट प्रशारण हुने ‘सर्खारको सर’ को प्रोमो सार्वजनिक गरिएको छ ।

राजेन्द्र बजगाईंको सङ्गीत रहेको टेलिचलचित्र ‘सर्खारको सर’ को कथा रघुनाथ सापकोटाले लेखेका छन् । विनयराज पौडेलको निर्देशनमा बन्ने टेलिचलचित्रमा रघुनाथ सापकोटा कार्यकारी निर्माता रहेका छन् ।

टेलिचलचित्रमा दीपक आचार्य, रवीन्द्र झा, सीपी पुडासैनी, लीला केसी, जगदीश्वर अधिकारी, प्रतिषा रिजाल, राजु कट्टेल, सिजन तिवारी, मरिना गुरुङ, सुरज अधिकारी, तलिसा गुरुङ, डिम्पल खरेल, सबिता खड्का, रमेश अधिकारी, वीरबल घले लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति: २०२३-०३-१६ , समय : ११:१५:२६ , २ वर्ष अगाडि