आइसिसी विश्वकप लिग–२ : युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई हराउँदै नेपालले एकदिवसीय विश्वकपमा छनोट भएको छ ।

नेपालले युएईलाई डिएल मेथोडमा दुई रनले हराउँदै विश्वकपमा छनोट भएको हो । यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ ।

प्रकाशित मिति: २०२३-०३-१६ , समय : १७:५९:१७ , २ वर्ष अगाडि