
काठमाडौंः कोहलपुर क्रिकेट रंगशालालाई महिला क्रिकेट एकेडेमी बनाउन पर्नेमा युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्वुले सुझाव दिएका छन् ।
दशौ राष्ट्रिय खेलकुदको तयारी बैठकमा सुर्खेत जाने क्रममा क्रिकेट रंगशालाको अवलोकन गर्नु हुदै मन्त्री लिम्वु र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले स्थानिय तह संगको सहकार्यमा रंगशालाको संरक्षण गर्नु पर्नेमा जोड दिएका छन् ।

पाँच विगाह क्षेत्रफलमा फैलिएको क्रिकेट रंगशालामा एकातर्फ प्याराफीट निर्माणको कार्य भईरहेको छ । करिब दुई करोड ११ लाख बजेटमा निमार्ण हुदै गरेको प्याराफीट २०८१ जेठ भित्र सम्पन्न हुनु पर्ने संझौता रहेको छ । क्रिकेट रंगशालाका विषयमा परिषद्का बोर्ड सदस्य तथा क्रिकेटका पूर्व कप्तान लेख बहादुर क्षेत्रीले जानकारी गराएका थिए । त्यस क्रममा नेपालगन्जबाट निर्वाचित प्रदेश सांसद तथा कोहलपुर नगरपालिकाका मेयर र वडा अध्यक्षहरुले क्रिकेट मैदान निर्माणमा स्थानिय तह तयार रहेको बताए ।
यस्तै मन्त्री लिम्बुले नेपालजन्जमा निर्माण हुँदै गरेको सेन्थेटिक ट्रयाकको पनि निरिक्षण गरेका छन् । एघार करोड ६६ लाख बजेटबाट निर्माण हुदै गरेको ट्याकमा हाल बेसको काम भईरहेको इन्जिनियर राजु श्रेष्ठले जानकारी दिएका छन् । आगामी पुस मसान्तभित्र सम्पन्न गर्ने गरि संझौता भएपनि चिसो मौसमा पीचको काम गर्न अप्ठेरो पर्ने भएकाले बैशाखसम्म काम सकिने बताईएको छ ।
निरिक्षणका क्रममा सदस्य सचिव टंकलाल घिसिङले निर्धारित समय भित्र काम सक्न निर्माण कम्पनीलाई निर्दशन दिए । त्यस क्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थ, परिषद्का विभागीय प्रमुखहरु प्रेमबहादुर मल्ल, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा लगायत उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: २०२३-१२-०७ , समय : २१:३१:१४ , १ वर्ष अगाडि