एलिना चौहानले गरिन् सम्बन्ध विच्छेदको मुद्दा दर्ता

काठमाडौं । गायिका एलिना चौहानले शुक्रबार जिल्ला अदालत काठमाडौंमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी छन् ।

आफ्नो प्रेम सम्बन्धलाई २०८१ वैशाख ५ गते यी जोडीले विवाहमा परिणत गरेका थिए । केही समयअघिदेखि नै यी दुईबीच सम्बन्ध सुमधुर नरहेको चर्चा बाहिरिएको थियो ।

गायिका चौहानले पति विष्णु सापकोटालाई विपक्षी बनाएर सम्बन्धविच्छेद मुद्दा दर्ता गरेकी हुन । गायिका चौहानले माना चामल र अंश हक दाबी नगरि सम्बन्धविच्छेद मात्रै गरी पाउँ भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेको अदालत स्रोतले जनाएको छ । उनले दर्ता गरेको मुद्दाको फिराद पत्रमा पतिले आफूमाथि अन्याय गरेको उल्लेख गरेकी छन ।

 

 

प्रकाशित मिति: २०२५-०१-३१ , समय : २०:०२:५० , ५ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्