पुष्प र विनाको फिचरिङमा ‘पहरी फूल २’ सार्वजनिक

काठमाडौं । गायिका मिलन नेवार र रवि ओडको स्वरमा ‘पहरी फूल २’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजु सिंहको सङ्गीत र गिता गिरी शेरचन को शब्द रचना रहेको छ ।

प्रेमभाव रहेका गीतको भिडियोमा ले अभिनय देख्न सकिन्छ । पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका कोमल शब्दहरुलाई गीतमा समेटिएको छ ।

पहाडी भेगमा पाइने पहरी फूलको विषयमा आफूले आम दर्शक तथा स्रोता माझमा पुयाउन पाउँदा निकै खुशी लागेको गीतका प्रोडयुसर बसन्त घिमिरेले बताए । आफ्नी प्रेमीकालाई गीतमा गायक ढकालले पहाडकी रानी फुलको रुपमा सुन्दरता भरेको पहरी फुललाई चित्रण गरिएको छ ।

पहरामा फुलेको पहरी फुलले जीवनमा ल्याएको मनमा उब्जीएको कौतुहतालाई गीतमा समेटिएको गीतकार गीता शेरचनले बताइन ।

प्रेम र रोदनलाई कलात्मक रुपमा गीतमा समेटिएको छ । नवराज खड्काको छायाँकन, बन्दे प्रसादको सम्पादन तथा केशवराज भटटको निर्देशनमा भिडियो तयार गरिएको छ ।

प्रकाशित मिति: २०२३-०३-१८ , समय : १८:२५:५२ , २ वर्ष अगाडि