
धरान । धरानमा जारीे अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता अन्तर्गत दोस्रो दिन भएको प्रतियोगिताबाट आयोजक धरान पहिलो चरणबाट बाहिरिएको छ ।
धरान १६ रंगशालामा भएको प्रतियागिता अवधिभर दुवै टिमबाट एक÷एक बराबरीमा टुंगिएपछि युनाइटेड खार्साङ फुटबल क्लबले धरान फुटबल क्लबलाई सडनडेथको आधारमा पराजित गरेको हो । खेल शुरु भएको १७ औ मिनेटमा खार्साङका खेलाडी खेमराज भुजेलले वीरन प्रधानको पासमा एक गोल गर्दै आफ्ना् टिमको खाता खोलेका थिए ।

तर खेलको ४४ औं मिनेटमा धरानका विनोद राईले वान भर्सेस वानमा १ गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । त्यसयता दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइबेकरमा धकेलिएको थियो ।टाइबेकरमा समेत दुवै टिमबाट ५÷५ गोल भएपछि खेल सडन डेटमा पुगेको थियो सडन डेथमा धरानका तर्फबाट राजलाल थापाले गोल गरेका थिए भने मनोज राईले हानेको गोल गोल रक्षकले बचाएका थिए । यता खर्साङका तर्फबाट प्रविन राई र हेमराज भुलले हानेको प्रहार गोलमा परिणत भएका थियो ।
आजको दोस्रो खेलको म्यान अफ द म्याच खर्साङका हेमराज घोषित हुदै नगर १० हजार, ट्रफी र प्रमाणपत्र हात पारे । भोलिको खेल तेस्रो क्वाटरफाइनल खेल राजा क्लब इटहरी र भुटानको आरटिसीएफटी बीच हुने आयोजकले जनाएको छ ।पाँच÷पाँच पटक बुढासुब्बा गोल्डकपमा पुगेर पनि हार व्यहोर्दै आएको आयोजक धरान फुटबल क्लबले तीन जना विदेशी खेलाडीहरुलाई क्लबबाट खेलाए पनि २५ औ संकरणमा पहिलो खेलबाटै बाहिरिएको छ ।
घरेलु मैदानमा समेत पटक पटक हार व्यहोर्नुलाई खेल कमजोर नभई भाग्यले साथ नदिएको क्लबका अध्यक्ष प्रताव तामाङले जानकारी दिए।
प्रकाशित मिति: २०२५-०२-०२ , समय : १९:१७:०४ , ४ महिना अगाडि