‘पोइट्री अनप्लग’मा विप्लव प्रतीकको फेब्रुअरी विशेष कविता

काठमाडौं । प्रेमको महिना, फेब्रुअरीको सुरुवातसँगै ‘पोइट्री अनप्लग’ले आफ्ना श्रोताहरुका निम्ति लालटिन पोयट्री सेसन अन्तर्गत ८ प्रेमिल कविताहरुको कोसेली पस्कने भएको छ ।

पोइट आइडल, कृपा अनप्लग्ड र हिमालय रोडिज जस्ता लोकप्रिय टेलिभिजन शोका निर्देशक अमनप्रताप अधिकारीको निर्देशनमा बनेको यस लालटिन पोइट्री सेसनभित्र कवि तथा गीतकार विप्लव प्रतीकका साथै कवि विपना अधिकारी, विजय लुईटेल, मुस्कान पोखरेल र अतुल सिंहले आफ्ना प्रेमिल कविताहरु प्रस्तुत गर्दैछन् ।

आइतबार फेब्रुअरीको पहिलो प्रस्तुतिको रुपमा आफ्नो युट्युब च्यानल ‘पोइट्री अनप्लग नेपाल’मा कवि प्रतीकको कविता ‘अन्तिम भेट’ सार्वजनिक गर्दै ‘पोइट्री अनप्लग’ले फेब्रुअरीलाई प्रेम कवितामा केन्द्रित गर्ने जमर्को गरेको छ । किबोर्डिस्ट सिम्सन प्रधानको पार्श्व संगीतले सजिएका प्रेमील कवितालाई श्रोतासामु प्रस्तुत गर्न टाइटल स्पन्सरका रुपमा नेपाल कलेज अफ म्यानेजमेन्ट, सफल एडुकेसन एण्ड भिसा सर्भिसेस जोडिएका छन् भने प्रमुख स्पन्सरका रुपमा अस्ट्रेलियास्थित ब्लिस म:म र लेवा (अनलाइन इङ्लिस लर्निङ प्लाटफर्म ) जोडिएका छन् ।

मिडिया पार्टनरका रुपमा देशसञ्चार ,साहित्य पार्टनरका रुपमा साहित्यपोस्ट र अनलाइन पार्टनरका रुपमा मिम नेपाल छन् ।

प्रकाशित मिति: २०२५-०२-०४ , समय : ११:५०:४६ , ४ महिना अगाडि