दोस्रो विश्वविद्यालय प्रतियोगिताको पहिलो दिन ७ स्वर्णको निर्णय

काठमाडौं । दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको पहिलो दिन ७ स्वर्णको छिनोफानो हुदाँ त्रिभुवन विश्व विद्यालय ४ स्वर्ण ३ रजत २ कास्य सहित अगाडी रहेको छ ।

यस्तै सुदुर पश्चिमले २ स्वर्ण एक रजत र एक कास्य पदक प्राप्त गरेको छ । मध्यपश्चिमले १ स्वर्ण प्राप्त गर्दा काठमाण्डौले २ रजत तथा १ कास्य हात पारेको छ ।

गण्डकीले १ रजत र २ कास्य जित्दा पुर्वान्चलले २ रजत पदक प्राप्त गरेको प्रतियोगिता सचिव मिन कुमार शर्माले बताएका छन् । यस्तै पोखराले एक रजत पदक हात पारेको छ ।

प्रकाशित मिति: २०२५-०२-०६ , समय : ०७:२०:२३ , ४ महिना अगाडि