पूर्णशंकरलाई स्वर्ण

काठमाडौं । गोड स्पिन टेबलटेनिस क्लबका पूर्णशंकर श्रेष्ठले प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।

खोल्चा पुखु खेलकुद समितिको आयोजनामा शंखमूलस्थित इलेभन स्टार क्लबमा भएको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्स फाइनलमा पूर्णशंकरले सेहोपीका राजन सुब्बालाई ११–६, १०–१२, ११–९, ५–११ र १२–१० को सेटमा पराजित गरे । सीवाईसीकाद्वय आनन्द धाक्वा र रोशन प्रधान संयुक्त रुपमा तेश्रो भए ।

ललितपुर महानगरपालिका वडा ११ को मुख्य प्रायोजना तथा स्पिन इभेन्ट प्रालिको व्यवस्थापनमा भइरहेको प्रतियोगितामा विभिन्न ६ स्पर्धामा १ सय ५० खेलाडी सहभागी छन् ।

प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको छ । पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार हात पार्ने छन् । बाँकी ४ स्पर्धामा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार पाउने छन् ।

प्रकाशित मिति: २०२५-०२-०७ , समय : १८:२९:४६ , ३ महिना अगाडि