
काठमाण्डौं । गायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिक भएको छ । गीतकार चन्द्र जयपाल राईको शब्दमा रहेको ‘रित्तो जन्में रित्तो जान्छु’ उनको रेकर्ड भएको तेस्रो गीत हो। विक्रम राईको संगीत, सागर संसार राईको एरेन्ज, किशोर थापाको मिक्सिङ मास्टरिङ र राजेश श्रेष्ठ रेकर्डिस्ट रहेको छ ।
उनले रित्तो जन्मिएर रित्तै जानुपर्ने यथार्थता प्रस्तुत गर्दै गीत मार्फत माया प्रेम, सद्भाव र हाँसीखुसी बाँच्नुपर्ने बताएका छन्। ‘ए वान म्यूजिसियन स्टुडियो’ मा रेकर्ड भएको उनको गीत ‘मेनुका राई इन्टरटेनमेन्ट’ युट्युव च्यानलबाट सार्वजनिक भएको हो।

यसअघि उनका तिमी मेरो पारूहाङ (पुरूष )र तिमी मेरो सुम्निमा (महिला) गीत सार्वजनिक भएको छ । सानैदेखि समाज सेवामा अभिरूचि भएका उनी किरात राई चाम्लिङ खाम्बातिम, बेलायतका अध्यक्ष, खोटाङ सेवा समाज, बेलायतका महासचिव र किरात राई यायोक्खा, बेलायतका सचिव हुन् ।
प्रकाशित मिति: २०२५-०२-११ , समय : १९:४३:५८ , ३ महिना अगाडि