किक–बक्सरलाई बधाई

काठमाडौं । भारतको नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा विजेता नेपाली खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बधाई दिएका छन ।

सुक्रबार सचिवालमा खेलाडीहरुलाई १६ देशका खेलाडी वीच उत्कृष्ट प्रर्दशन गरि नेपालको सान बढाएको भन्दै खेलाडीहरुको प्रशंसा गरे ।

इन्डिया ओपन इन्टरनेश्नल किक बक्सिङमा नेपाली खेलाडीहरुले एक रजत सहित ४ पदक जितेका थिए । आशिक कोलीले ५४ केजीमा रजत, भक्तराज जोशीले ५१ केजीमा कास्य, सुनिम श्रेष्ठले फुलकन्ट्याक्ट तर्फ ६७ केजी र चिरन राईले ५१ केजीमा कास्य पदक जित्नु भएको थियो ।

नयाँ दिल्लीमा गत माघ १९ देखि २३ गते (फेबु्रअरी १ देखि ५, २०२५) भएको प्रतियोगितामा विभिन्न १६ देशका १५ सय भन्दा बढी खेलाडी सहभागी थिए । नेपालबाट सहभागी भएका चारै जना खेलाडीले पदक प्राप्त गरेको टिम प्रशिक्षक दिवान श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति: २०२५-०२-१४ , समय : १८:३६:३१ , ६ महिना अगाडि