
काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा राष्ट्रिय अम्पायर सर्टिफिकेसन कार्यक्रम लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा ३३ जनाको सहभागिता रहेको टेबलटेनिस संघका महासचिव कुँवेर सिंहले जनाएका छन् । कार्यक्रम अन्तर्राष्ट्रिय सर्टिफाइड अम्पायर नरेश रावलले सञ्चालन गरेका थिए ।

दुईदिने कार्यक्रमका सहभागीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।
प्रकाशित मिति: २०२५-०२-१४ , समय : १८:३८:२७ , ३ महिना अगाडि