
काठमाडौं । ललितपुर टेबलटेनिस क्लबको आयोजनामा सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता फागुन १२ गतेदेखि हुने भएको छ ।
कन्सेप्ट मेकर्जको व्यवस्थापनमा हुने प्रतियोगिताका लागि आयोजकले पूर्णशंकर श्रेष्ठका साथै दुई संस्था नेपाली घर र सांग्रिला विकास बैंककंग प्रायोजन सम्बन्धि सम्झौता पनि ग¥यो । नेपाली भान्सा घरका अपरेसन म्यानेजर सुजन तण्डुकार, पूर्णशंकर श्रेष्ठ र ललितपुर टेबल टेनिस क्लबका उपाध्यक्ष नीरज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सोही अवसरमा सांग्रिला बैंकसंग पनि सम्झौता भएको थियो ।

प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् । यस प्रतियोगितामा भारतबाट ८५ पुरुष र ४८ महिलासहित नेपालका खेलाडी गरी कुल ४ सय २ खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक निकेश जोशीले जानकारी गराए । प्रतियोगितामा मेन्स टिम, वुमेन्स टिम, मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), वुमेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), मेन्स भेट्रान्स सिंगल्स (५५ वर्षमाथि), यु–१६ ब्वाइज र यु–१६ गल्र्स सिंगल्स गरी कुल ९ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख २३ हजार रूपैयाँ रहेको छ । मेन्स/वुमेन्स टिम स्पर्धामा शीर्ष तीन स्थानका टोलीले क्रमशः ५० हजार, २५ हजार र समान १०/१० हजार रूपैयाँ प्राप्त गर्नेछन् । मेन्स/वुमेन्स सिंगल्स स्पर्धामा शीर्ष तीन स्थानमा रहने खेलाडीले ५० हजार, २५ हजार र समान १०/१० हजार रूपैयाँ पाउने छन् । यु–१६ सिंगल्सतर्फ पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः २० हजार, १० हजार र समान ५/५ हजार तथा भेट्रान्सतर्फ पहिलो, दोस्रो र तेस्रो हुने दुई खेलाडीले क्रमशः १० हजार, ५ हजार र समान ३/३ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिताको मुख्य प्रायोजक सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालि रहेको छ । त्यस्तै इक्विपमेन्ट पार्टनरमा हीरा ट्रेड कनसर्न, क्लोथिङ पार्टनर भ्याली स्पोट्र्स हाउस, इन्टरनेट पार्टनरमा ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन रहेका छन् ।
प्रकाशित मिति: २०२५-०२-१८ , समय : १९:५७:४१ , ३ महिना अगाडि