महजोडी भन्छन्- कुनै पनि धर्म-सम्प्रदायलाई चोट पुग्ने काम गरेका छैनौं (भिडियो)

केही व्यक्तिले महजोडी अर्थात् वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अमेरिकी सहयोग नियोग (यूएसएड)बाट अनुदान लिएर हिन्दू धर्मविरोधी कार्यक्रम बनाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा प्रचार गरिरहेका छन् । महजोडीले यसप्रति आपत्ति जनाउँदै उक्त आरोपको खण्डन गरेका छन् । मदनकृष्ण र हरिवंशले बिहीबार भिडियो सन्देशमार्फत संयुक्त धारणा सार्वजनिक गर्दै आफूहरुविरुद्ध अनर्गल प्रचार हुँदा चित्त दुखेको बताएका छन् ।

थप भिडियोमा

प्रकाशित मिति: २०२५-०२-२० , समय : १६:१२:०२ , ३ महिना अगाडि