धाविका सन्तोषी सम्मानित

काठमाडौं । घट्टेकुलोस्थित सूर्योदय सेकेन्डरी बोर्डिङ स्कुलले धाविका सन्तोषी श्रेष्ठलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । आफ्नो वाषिर्क खेलकुद दिवसका अवसरमा सन्तोषीलाई नगद १० हजारसहित प्रशंसा पत्रबाट सम्मान गरेको हो ।

सूर्योदयका संस्थापक भवानी केसी र संस्थापक प्रिन्सिपल लक्ष्यबहादुर केसीले ओलम्पियन सन्तोषीलाई सम्मान गरे । सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता हुन् ।

प्रकाशित मिति: २०२५-०२-२१ , समय : २२:०५:५० , ३ महिना अगाडि