
हिमाली सुन्दरी गोरी मलाई जालमा पार्यौ
तिमीले प्रेमको कैदी बनाई जालमा पार्यौ

गायक तथा संगीतकार बाबुल गिरीको नयाँ गजल ‘हिमाली सुन्दरी’का हरफ हुन् यी । रोमान्टिक गजलमा बाबुल गिरीको स्वर तथा संगीत छ भने आरजु गिरीको शब्द छ । गजललाई बाबुल गिरीले नै एरेन्ज गरेका छन् ।
मेहफिलको सेटमा प्रस्तुत गरिएको गजलको भिडियोमा अभिनेत्री प्रियंका कार्की, आयुष्मान देशराज जोशी र बाबुल गिरी फिचर्ड छन् । संगीतसागर बुर्जाले निर्देशन गरेको भिडियोलाई विश्वास भण्डारीले छायांकन र पदम सुवेदीले सम्पादन गरेका हुन् । निर्माता आरजु गिरी हुन् ।
‘हिमाली सुन्दरी’ गजल ‘नेपाली गजल बहार’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।
प्रकाशित मिति: २०२५-०३-०६ , समय : १६:१५:४३ , ३ महिना अगाडि