इटहरी गोल्डकपः आज सेमिफाइनल खेल, साविक विजेता र मछिन्द्र क्लब भिड्ने

इटहरी । इटहरीमा रहेको प्रादेशिक रंगशालामा सञ्चालन भइरहेको इटहरी गोल्डकप फुटबल प्रतियोगितामा बुधबारबाट सेमिफाइनल संस्करण चालु हुँदै छ ।

यहि चैत्र ४ गतेदेखि सुरु भएको इटहरी गोल्डकपमा आज साविक विजेता मोरङ्गको सगरमाथा युवा क्लब र मछिन्द्र क्लब काठमाण्डौबिच प्रतिस्पर्धा हुने भएको छ ।

सेमिफाइनल प्रतिस्पर्धामा उक्लिएका यी दुवै टिमले विदेशी पाहुना टोलीलाई जितेर आएका हुन । अघिल्लो संस्करणको विजेता मोरङ्गको सगरमाथा युवा क्लब क्यामरोनको एभिनियर फुटवल क्लवलाई जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने काठमाण्डौको मछिन्द्र क्लव भारतको कञ्चनजङ्गा फुटबल क्लबलाई जित्दै सेमिफाइनलमा पुगेको हो ।

दुवै टिमको रोचक खेल इटहरी रंगशालामा बुधबार ३ बजेबाट शुरु हुने आयोजकले बताएको छ । इटहरी गोल्डकपको विजेताले १० लाख नगद पुरस्कार र उपविजेताले ५ लाख नगद पुरस्कार पाउने छन् ।

प्रकाशित मिति: २०२३-०३-२२ , समय : ०८:२९:५५ , २ वर्ष अगाडि