
काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ६ का फस्टरनरअप रोशन राईको नयाँ गीत ‘नछुट्टिने मन ‘ सार्वजनिक भएको छ । शान्ता राईको शब्द र विक्रम राईको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज छ ।
योगेन मुकारुङको मिक्सिङ्ग,मास्टरिङ रहेको गीतलाई ‘आपोमाली’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गायिका मेलिना राईको स्वरमा यस गीतको फिमेल भर्सन केही दिनअघि नै आइसकेको छ ।

भ्वाइस अफ नेपाल सिजन ४ मा टिम राजेशका एडभाइजर समेत रहेका स्वर्गीय विक्रम राईको संगीत र भ्वाइस अफ नेपालका सिजन ६ का फस्टरनरअप रोशन राईको स्वर रहेको यस गीतलाई स्रोताहरुले मन पराइदिनेमा आफू विश्वस्त रहेको गीतकार शान्ता राईले बताइन् ।
प्रकाशित मिति: २०२५-०५-०८ , समय : १३:२७:०४ , २ हप्ता अगाडि