रामकृष्ण ढकाल र सञ्जीवनीको स्वरमा ‘गुराँसजस्तो’

काठमाडौं । रामकृष्ण ढकाल र सञ्जीवनीको स्वरमा ‘गुराँसजस्तो’ गीत सार्वजनिक भएको छ । विजय सिवाकोटीको शब्द रचना रहेको गीतमा शम्भुजीत बास्कोटाको संगीत छ । गीतलाई दीक्षित पौडेलले एरेन्ज गरेका हुन् ।

प्रेमभावको यो गीतले प्रेमी-प्रेमिकाको वर्णन गर्छ ।

गुराँस जस्तो लागेर हो कि

त्यो रुप मन परेको

मोहनी रंग गुराँसमा हो कि

तिम्रो पो सरेको

रोमान्टिक शैलीमा निर्माण गरिएको गीतको भिडियोलाई सुनिल उप्रेतीले गरेका छन् । भिडियोमा रामकृष्ण ढकाल र अम्बिका गुरुङ फिचर्ड छन् ।

वर्णन झुठो गरेको हो कि

साँच्चै मन पराको

जुनीलाई हो कि दुई दिनलाई माया

मन छ यो डराको

गीतका शब्दजस्तै भिडियोमा पनि रोमान्टिक भावभंगीमा उतारिएको छ । भिडियोमा मनोज चौहान एण्ड टिमको छायांकन, समीर ओलीको ड्रोन सट् छ भने सम्पादन निर्देशक सुनिलले नै गरेका छन् ।

गीत ‘विजय सिवाकोटी’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति: २०२५-०६-०९ , समय : १४:०६:५७ , ४ हप्ता अगाडि