
काठमाडौं । नेपाली फिल्म ‘चाहना’को शीर्ष गीत रिलिज भएको छ । गीतमा विनय कार्की स्वर, संगीत तथा एरेन्ज छ । शब्द रचना कृष्णराज भण्डारीले गरेका हुन् ।
प्रेमपीडाको भाव व्यक्त गर्ने गीतको भिडियोलाई नितिन चन्दले निर्देशन गरेका छन् । भिडियोमा सन्तोष बानियाँ, रोशनी कार्की, विकास जोशी र श्वेता मिश्रले अभिनय गरेका छन् । बालकलाकारको रुपमा सान्विका पाण्डे फिचर्ड छिन् ।

मेला डिजिटलको प्रस्तुतिमा बनेको ‘चाहना’का निर्माता समीर राई हुन् । समीर गीतकार तथा संगीत उद्यमी समेत हुन् । फिल्म ‘चाहना’ असार ४ गते रिलिजको तयारीमा छ ।
प्रकाशित मिति: २०२५-०६-१५ , समय : १७:२५:१६ , ३ हप्ता अगाडि