
काठमाडौं । नेपाल सितेरियो कराँते महासंघ ठेचो डोजोले ब्ल्याक बेल्ट दीक्षान्त कार्यक्रम गरेको छ । दीक्षान्त कार्यक्रममा ललितपुर जिल्लाका ठैब, लुभु, सानागाँउ, झरुवाराशि, टौखेल, लेले र भारदेऊ डोजो सहित ७ वटा डोजोको सहभागिता थियो ।
ठैब डोजाका अध्यक्ष राजकुमार श्रेष्ठको कोच तथा कमाण्डमा कार्यक्रम भएको हो । कार्यक्रममा ७ वटा डोजोबाट ४१ जना खेलाडी ब्ल्याक बेल्टबाट दीक्षित भएका छन् ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष दावा गुरुङले खेलाडी राज्यको गहना भएको बताए । नेपालका राजनीतिकर्मीहरुले खेलाडीबाट अनुशासनको पाठ सिक्न आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा नेपाल कराँते महासंघ ब्ल्याक बेल्ट कमिटीका अध्यक्ष देवनारायण कुँवर राणाले मानिसको शारीरिक तथा बौद्धिक विकास र अनुशासनमा खेलकुदको निकै महत्वपूर्ण भूमिका हुने बताए । राज्यले खेल क्षेत्रलाई प्रोत्साहन गर्न नसक्दा खेलाडीको भविष्य अन्योलग्रस्त रहेको उनको भनाइ थियो ।
प्रकाशित मिति: २०२५-०६-१५ , समय : १८:११:२६ , ३ हप्ता अगाडि