दीपक बज्राचार्यले ल्याए पोडकास्ट शृंखला ‘प्रोजेक्ट नजिक’

काठमाडौं । गायक दीपक बज्राचार्यले पोडकास्ट शृंखला ‘प्रोजेक्ट नजिक’ सुरु गरेका छन् । यसको पहिलो एपिसोड मंगलबार बेलुका एपीवान टेलिभिजन र गायक बज्राचार्यको युट्युब च्यानलमा सार्वजनिक भएको छ ।

पोडकास्टको पहिलो एपिसोडमा सांगीतिक ब्यान्ड १९७४ एडीका गिटारिस्ट मनोजकुमार केसी अतिथि छन् । पर्दा पछाडि रहेर समाजमा योगदान गरिरहेका हरेक क्षेत्रका व्यक्तिका भोगाइ, अनुभवलाई कुराकानी माध्यमबाट दर्शकमाझ पस्किने उद्देश्यले ‘प्रोजेक्ट नजिक’ सुरु गरिएको गायक बज्राचार्यले द चौबाटोलाई बताए ।

लोप हुन लागेको र नचिनिएका नेपाली बाजाहरुलाई नजिकबाट चिनाउन पनि यसबाट सहयोग पुग्ने अपेक्षा रहेको उनले बताए । एपीवान टेलिभिजनमा प्रसारणपछि पोडकास्ट शृंखला ‘प्रोजेक्ट नजिक’ का एपिसोडहरुलाइ युट्युबमा गायक बज्राचार्यको युट्युब च्यानल ‘डी प्रोडक्सन’ मार्फत हेर्न सकिने छ।

प्रकाशित मिति: २०२५-०७-१० , समय : ०९:०२:४५ , २ महिना अगाडि