इटहरी गोल्डकपः आज अन्तिम सेमिफाइनल खेल ,आर्मी र चर्च ब्वाइज बीच कडा प्रतिष्पर्धा हुने

इटहरी । सुनसरीको इटहरीमा जारी १३ औ संस्करणको कन्ट्रोल इटहरी गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा आज बिभागीय टिम त्रिभुवन आर्मी र चर्च ब्वाईज युनाइटेड क्लब काठमाण्डौ बिच कडा प्रतिष्पर्धा हुने भएको छ ।

दुबै टीमले निकै नै चर्चित खेलाडीहरु मैदानमा उतार्नेछन । दुवै टीमलाई फाइनलमा पुगेर यस पटकको इटहरी गोल्डकपको उपाधि चुम्ने रहर पनि छ । त्यसकारण आजको खेललाई निकै महत्वका साथ हेरिएको छ । दुबै टीमले फाइनलमा पुग्नका लागि आ आफ्ना रणनितिहरु तय गरिसकेका छन् ।

रोलिङ क्लब झापालाइ हराउँदै सेमिफाइनलमा प्रबेश गरेको आर्मी र चर्च ब्वाइज बिच फाइनलका लागि प्रतिस्पर्धा हुन लागेको हो । आर्मी साविकको उपविजेता टीम हो ।

आजको बिजेताले शनिबार हुने फाइनल खेलमा साबिक बिजेता सगरमाथा युथ क्लब मोरंगसँग उपाधीका लागि प्रतिष्पर्धा गर्नेछ । यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा ए डिभिजन क्लब मछिन्द्रलाई ३–१ गेल अन्तरले पराजित गर्दै सगरमाथाले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

प्रतियोगिताको उपाधी बिजेताले १० लाख र उपविजेताले ५ लाख रुपैया प्राप्त गर्नेछ । बिहीवार हुने दोश्रो सेमिफाइनल निकै रोमाञ्चक हुने आशा गरिएको छ ।

प्रकाशित मिति: २०२३-०३-२३ , समय : ०९:५१:०४ , २ वर्ष अगाडि