इटहरी गोल्डकपको तेह्रौ उपाधि चुम्ने आ-आफ्नै दावी

कसको पोल्टामा पर्ला इटहरी गोल्डकपको तेह्रौ उपाधि ?

इटहरी । इटहरीमा सञ्चालित तेह्रौं इटहरी गोल्डकपमो उपाधिका लागि भोली इटहरीको प्रादेशिक रंगशालामा दुई टीम बीच महाभिडन्त हुँदैछ । निकै नै रोमान्चक हुने फाइनल खेलमा साविक विजेता सगरमाथा युथ क्लब र यसपटक गोल्डकप आफु जितेर नयाँ रेकर्ड राख्न आतुर चर्च व्याइज क्लब बीच कडा प्रतिष्पर्धा हुनेमा दुईमत नै छैन । दुवै टिमले सबै खालका रणनिति , शक्ति र जुक्ति लगाएर इटहरी गोल्डकपको १३ औं संस्करणको विजेता बन्ने लक्ष्य लिएका छन् ।

फुटबल प्रेमी दर्शक, आयोजक , प्रायोजक देखि लिएर शुभचिन्तकहरुमा पनि यस पटकको इटहरी गोल्डकपको शिल्ड कसले उचाल्ला भन्ने प्रश्नले आजैबाट मनमा डेरा जमाईसकेको छ ।

भोलीको खेलमा दुवै टिमले आफुले उपाधि जित्ने दावी सहित मैदानमा प्रवेश गर्न लागेको बताएका छन । शुक्रबार विहान इटहरी रंशलामा भएको प्रि म्याच कन्फ्रेन्समा बोल्दै दुवै टिमका प्रशिक्षकहरुले उपाधि आफुले जित्ने दावी गरेका छन् ।

प्रि म्याच कन्फ्रेन्समा बोल्दै सगरमाथा युथ क्लबका प्रशिक्षक याम गुरुङले  बिपक्षी बलियो भएका सोही अनुरुपको रणनीति अघि सार्ने बताए ।

डिफेन्डिङ्ग च्याम्पियन समेत रहेको सगरमाथा युथ क्लबले खेल जित्नका लागि स्वभाविक दवाव रहेपनि त्यो दवाव प्रशिक्षकलाई रहेको तर खेलाडीलाई नरहेको बताए ।

प्रतिस्पर्धी टिममा कमजोर पक्ष आफुले नियालिसकेको बताउँदै  गुरुङ्गले त्यसलाई चिर्न आफ्नो डिफेन्सलाई सोही ढंगले सदुपयोग गर्ने बताए ।

यता बिभागिय टिम त्रिभुवन आर्मी क्लवलाई जितेर फाइनलमा प्रवेश गरेको चर्च व्याइज युनाइटेडका प्रशिक्षक प्रदिप हुमागाईले फाइनल खेल रोचक र प्रतिस्पर्धी हुने बताएका छन् । विपक्षी टोलीसँग उत्कृष्ट खेल रणनीति रहेको बताउँदै उनले त्यसलाई चिर्न आफ्नो सोही प्रकारको रणनीति रहने बताए ।

नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक समेत रहेका हुमागाईले खेल मैदान र घाँसको अवस्था हेरेर खेल सञ्चालन हुने बताए ।

सगरमाथा युथ क्लबले गत बर्ष त्रिभुवन आर्मी क्लवलाई पछि पार्दै उपाधि जितेको थियो भने यसपालि बुढासुव्वा गोल्डकपको विजेता एभेनियर फुटबल क्लबलाई पहिलो क्वाटरफाइनल खेलमा जित्दै सेमिफाइनल र मछिन्द्र फुटवल क्लबलाई जित्नै फाइनलमा प्रवेश गरेको हो ।

चर्च व्याइजले भने आयोजक राष्ट्रिय जागृती क्लबलाई हराउँदै सेमिफाइनलमा र आर्मीलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

दुवै टिमको रोचक प्रतिस्पर्धा फाइनलमा हुने अपेक्षा गरिएको छ । फाइनल खेलका लागि दर्शकको चापलाई ध्यानमा राखेर रंगशालाको व्यवस्थापन गरिएको आयोजक राष्ट्रिय जागृती क्लबका कोषाध्यक्ष तथा प्रतियोगिता संयोजक अनुरोध थापाले बताएका छन् ।

प्रकाशित मिति: २०२३-०३-२४ , समय : १८:०५:४१ , २ वर्ष अगाडि