इटहरी गोल्डकपको उपाधि फेरी सगरमाथा युथ क्लबको पोल्टामा

प्रकाश बन्जारा
इटहरी । इटहरी जारी कन्ट्रोल इटहरी गोल्डकपको १३ औं संस्करणको उपाधि फेरी मोरङ विराटचौंकको सगरमाथा युथ क्लबकै पोल्टामा परेको छ ।

शनिवार(आज) प्रादेशिक रंगशाला इटहरीमा सम्पन्न भएको रोमान्चक फाइनल खेलमा काठमाडौंको चर्च व्याइजलाई हराउँदै सगरमाथा युथ क्लबले फेरी इटहरी गोल्डपकको उपाधि आफ्नो पोल्टामा पारेको हो । इटहरी गोल्डकपको १२ औं संस्करणको उपाधि पनि सोही क्लबले जितेको थियो ।

फाइनल खेलमा काठमाण्डौको चर्च व्याइज युनाइटेडलाई पेनाल्टि सट आउटमा एक गोलको अन्तरले पराजित गर्दै सगरमाथा युथ क्लब १३ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको म्याम्पियन बन्न सफल भएको हो ।

निकै रोचक प्रतिस्पर्धा भएको फाइनल खेलको निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइबेकरमा चर्च व्याइजका तर्फबाट जर्सी नम्बर ५ का खेलाडी मनोज राईले बल आउट गरेपछि सगरमाथा बिजयी भएको थियो । ६/ ६ पटक पेनाल्टि प्रहार गरेका दुवै टिमको कुनै पनि गोल गोलकिपरले जोगाउन सकेनन् । अन्तिममा सगरमाथाले ६ गोल बनायो भने चर्च व्याइजले ५ गोलमा सिमित हुँदै उपविजेतामा चित्त बुझायो । गोल्डकपको बिजेता सगरमाथा युथ क्लवले १० लाख नगद सहितको सिल्ड, मेडल पाएको छ भने उपविजेताले ५ लाख नगद सहित सिल्ड मेडल  प्रदान गरिएको प्रतियोगिता संयोजक अनुरोध थापाले बताए ।

फाइनल खेलको म्यान अफ द म्याच चर्च व्याइज युनाइटेडका जर्सी नम्बर ७ का खेलाडी मौसम लिम्बु घोषित भएका थिए ।यस्तै खेल अवधिभरका उत्कृष्ट गोल किपरको उपाधि सगरमाथा युथ क्लवका जर्सी नम्बर २० का खेलाडी देव लिम्बुले पाए । यता बेष्ट डिफेन्सको उपाधि सगरमाथाकै जर्सी नम्बर ३ का खेलाडी विशाल बस्नेत र बेष्ट मिड फिल्डको उपाधी पनि चर्च व्याइजका मौसम लिम्बुले पाए ।

बेष्ट फरवार्डमा सगरमाथा युथ क्लबका विदेशी खेलाडी स्टेफेन घोषित भए भने प्रतियोगिता भर धेरै गोल गर्ने खेलाडीमा मछिन्द्र फुटवल क्लव काठमाण्डौका खेलाडी अफिस अलावाले घोषित भए । अलावालेले प्रतियोगिताभर सर्वाधिक ५ गोल गरेका थिए । यस्तै उदयीयमान खेलाडीको उपाधि राष्ट्रिय जागृती क्लवका असिम राईले पाए । राईले ३२ इन्चको एलइडि टिभि जित्न सफल भएका थिए । यता उत्कृष्ट खेलाडीको पुरस्कार सगरमाथा युथ क्लबका क्याप्टेन महेन्द्र राईले जित्न सफल भए ।

प्रकाशित मिति: २०२३-०३-२५ , समय : २१:१७:४० , २ वर्ष अगाडि