मेलबर्न निवासी गायक अविनाश न्यौपानेको ‘बालापन’ गीत रिलिज ( भिडियो )

लामो समय देखि अस्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका गायक अविनाश न्यौपानेको  ‘बालापन’ बोलको गीत सार्वजनिक भएको छ। अविनाश न्यौपाने र डि.आर पौडेलको शब्द र अविनाशकै संगीत रहेको गीतमा प्रमोद परियारको एरेन्ज रहेको छ । ‘बालापन’गीतको भिडियोलाइ गीतको भावअनुसार बालापनको याद पुरै ताजा बनाउने किसिमबाट तयार गरिएको छ  । विकास दाहालको सम्पादन, दिपक गिरिको छायांकन अनि सुरेश खोलिको निर्देशन रहेको यो भिडियोलाइ  स्वयम अविनाश न्यौपानेले  आफ्नै नयाँ युट्युब च्यानल( Abinash Neupane ) बाट रिलिज गरेका छन । गीतको भिडियोले बिस्तारै सबैको मन जित्दै गएको देखिन्छ  ।

 

प्रकाशित मिति: २०२३-०७-२६ , समय : १४:१३:४७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्