रचना रिमालले सार्वजनिक गरिन् अफिसियल लोगो

काठमाडौं । रचना रिमाल अहिलेकी व्यस्त गायिकामध्ये पर्छिन् । रेकर्डिङदेखि देशैभर आयोजना भइरहेका मेला महोत्सव र विदेशमा हुने सांगीतिक कार्यक्रममा उनी व्यस्त छिन् ।

यसैबीच बुधबार रचनाले आफ्नो सांगीतिक ब्रान्डको आधिकारिक लोगो सार्वजनिक गरेकी छन् । उनको लोगोमा रचनाको नामको पहिलो अंग्रेजी अल्फाबेट ‘आर’मा सगरमाथा र संगीतको धुन बुझाउने संकेत राखेकी छिन् ।

रचनाले लेखेकी छिन्, ‘सबैमा नमस्कार, हजुरहरुको माया र आशीर्वादले निरन्तर सांगीतिक कर्ममा लागिरहेकी छु । आफ्ना कर्महरु अगाडि बढाउँदै गर्दा हामीले छैठौं अर्घाखाँची महोत्सवको मञ्चबाट मेरो अफिसियल लोगो सार्वजनिक गरेका छौं ।‘

प्रकाशित मिति: २०२५-०१-३० , समय : १२:४९:५६ , ४ महिना अगाडि