अनु चौधरी र हसन राईको ‘यो मनको चाहना’

काठमाडौं । हसन राई र अनु चौधरीको स्वरमा ‘यो मनको चाहना’ गीत सार्वजनिक भएको छ । रोमान्टिक भावको गीतमा रोशन राई ‘पालुवास्टार’को शब्द र संगीत छ । गीतलाई फणिन्द्र राईले एरेन्ज गरेका हुन् ।

राजेश पुमा राईले निर्देशन गरेको गीतको भिडियोमा हसन राई र वेदना राई फिचर्ड छन् । भिडियोमा उत्तम हुमागाईंको छायांकन र विकास दाहालको सम्पादन छ ।

‘यो मनको चाहना’ गीत ‘लुंगो क्रियसन’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति: २०२५-०१-३० , समय : १७:४२:४० , ४ महिना अगाडि