धरान चिनाउने बुढासुब्बा गोल्डकप आजबाट

धरान । बुढासुब्बा गोल्डकपको २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण संस्करण आजबाट शुरु हुने भएको छ । प्रतियोगिताको लागि आर्थिक समिति खेलाडी, समिति प्रचारप्रसार समिति सुरक्षा समितिलगायतका समिति बनाइएको अध्यक्ष प्रताप तामाङले बताए । साथै, खेल अवधिभर सुरक्षा व्यवस्थालाई चुस्त पारिने उनले बताए। उनका अनुसार क्लबका तर्फबाट ५० जनाभन्दा बढी सुरक्षा स्वयंसेवक, निजी सुरक्षा गार्डसमेतको व्यवस्था गरिएको छ ।

क्लबले खेलको तालिकासमेत सार्वजनिक गरिसकेको छ । आजको पहिलो खेल सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज र चार पटकको बिजेता पुलिस क्लबबीच हुने अध्यक्ष तामाङले बताए ।

धरान उपमहानगरपालिका–१६ रङ्गशालामा हुने प्रतियोगितामा आठ वटा क्लबको सहभागी रहनेछ । प्रतियोगितामा एनआरटी क्लब काठमाडौँ, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भुटान फुटबल एकाडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृती क्लब, युके एफसि भारत, मच्छ्रिन्द्र क्लब काठमाडौँ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र धरान फुटबल क्लब रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउनेछन् । यसमा उत्कृष्ट खेलाडीले नगद रु एक लाख र प्रत्येक खेलको प्लेयर अप दि म्याच हुनेले रु १५ हजार सर्वाधिक गोलकर्ताले रु ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउने अध्यक्ष तामाङले बताए ।

प्रकाशित मिति: २०२५-०२-०१ , समय : ०९:५७:३४ , ४ महिना अगाडि