
विराटनदगर । फुटबलर्स मिसन टुगेदरको देशभर नै संगठन विस्तार गर्ने योजना अनुरुप पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी पुनम थापाको अध्यक्षतामा कोसी प्रदेश समिति गठन गरेको छ ।
उपाध्यक्षमा ईन्दु रसाईली, संगिता राउत र पारस चौधरी रहेका छन् । महासचिव मधुसुदन खनाल र कोषाध्यक्ष कुमार महर्जन चयन भएका छन् । सदस्यहरुमा दिपेन्द्र ढकाल, गणेशराज भण्डारी, मंगेश वस्नेत, दर्शनराज लवट श्रेष्ठ र सुरेन्द्र तामाङ्ग रहेका छन् ।
विराटनगरको सप्तकोशीपार्टी प्यालेसमा फुटबलर मिसन टुगेदरका अध्यक्ष अशोक वज्राचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा एन्फाका पूर्व केन्द्रीय सदस्य वसन्त अर्याल, कोसी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले नव गठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई वधाई सहित सफल कार्यकालका लागि शुभ कामना दिएका थिए ।
प्रमुख अतिथीको रुपमा मन्तव्य राख्दै कोसी प्रदेश वोर्डका सदस्य सचिव पर्शुराम वस्नेतले नेपालको खेलकुद क्षेत्रमा भेट्रान खेलाडीहरुको योगदान विशिष्ट रहेको हुदा उहाँहरुसँग सहकार्य गर्दै विभिन्न कार्यक्रमहरु गर्ने वताए । विशिष्ट अतिथी राजेन्द्र राउतले नयाँ कार्यसमितिलाई वधाई दिदै आफुबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मिसन टुगेदरका अध्यक्ष अशोक रत्न वज्राचार्यले नव गठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक राई, विराट गोल्ड कप ट्रष्टका अध्यक्ष किशोर वहादुर शाही, एन्फाका पूर्व उपाध्यक्ष सन्तोष वानियाँ लगायत टुगेदरका महासचिव धिरेन्द्र प्रधान, कोषाध्यक्ष वसन्त लामा, एन्फा उपाध्यक्ष तथा एफएमटिका सहकोषाध्यक्ष विराट जंग शाही र प्रमुख कार्यकारि अधिकृत मधुसुदन उपाध्याय लगायत कोशी प्रदेशका खेलकुद क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२५-०२-०१ , समय : १३:४४:०३ , ४ महिना अगाडि