बुढासुब्बा गोल्डकपः इटहरीलाई हराउँदै भुटान सेमिफाइनलमा

धरान । इटहरी विरुद्ध सानदार जित निकाल्दै भुटानको रोयल थिम्पु कलेज २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भुटान प्रिमियर लिग खेल्ने टिम रोयल थिम्पु कलेजले इटहरीको राष्ट्रिय जागृती क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । सेमिफाइनलमा भुटानले चर्च ब्वाइज युनाइटेडसँग प्रतिष्पर्धा गर्नेछ । भुटानले खेलको सातौ मिनेटमा नै अग्रता लिएको थियो । नोयेदा योसेलको पासमा सोनाम योसेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अग्रता बनाएको भुटानले दोस्रो हाफमा थप ३ गोल गरेको थियो । दोस्रो हाफको ७ औ मिनेटमा सोनाम जुग्द्रुलले गोल गरेका थिए । इटहरीको डिबक्स एरियामा डिफेन्सले क्लियर गर्न नसकेको बललाई सोनामले दोस्रो बार च्याप्दै जाली चुमाएका थिए ।

दोस्रो हाफको १४ औं मिनेटमा कर्मा जम्सोले गोल थप्दै टोलीलाई ३–० को स्थितिमा पु¥याएका थिए । कर्माले प्रहार गरेको बल इटहरीका गोल किपर सन्दिप लिम्बूले नियन्त्रणमा लिन नसक्दा बलले गोल लाइन क्रस गरेको थियो । दोस्रो हाफको २५ औं मिनेटमा सोनाम योसेको पासलमा नयन्दा योसेनले गोल गर्दै टिमको जित निश्चित गरे । खेलको म्यान अफ द म्याच भुटानका सोनाम योसे घोषित भए । उनलाई नगद १०हजार पुरस्कार प्रदान गरिएको थियो ।

तीन विदेशी खेलाडी सहित मैदानमा उत्रिएको इटहरी भुटानको तुलनामा शारिरीक रुपमा बलियो देखिन्थ्यो । मैदानमा भुटानका युवा खेलाडी इटहरी भन्दा टेक्निकल्ली राम्रो खेल प्रदर्शन गरेका थिए । इटहरीले दोस्रो हाफको ३२ औं मिनेटमा इटहरीका आलेक्सले सान्त्वना गोल फर्काएका थिए । उनले विपक्षि गोल किपरलाई फ्लीक गर्दै गोल गरेका थिए ।

भोलीको अन्तिम क्वाटर फाइनल खेल साविक विजेता काठमाडौको न्युरोड टिम (एनआरटी)र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच खेल हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०२-०३ , समय : १७:४६:४३ , ४ महिना अगाडि