‘कमेडी किड्स’ घोषणा, सन्तोष खनालले निर्देशन गर्ने

काठमाडौं । पछिल्लो समय नेपालमा रियालिटी शोहरुको बाढी नै आएको छ  । सोमबार बसन्त पञ्चमीको अवसर पारेर अर्को रियालिटी शो ‘कमेडी किड्स’को घोषणा भएको छ । पुरानो बानेश्वरस्थित  घराना लन्ज एण्ड बारमा पत्रकार सम्मेलन गरी रघुजी फिल्म्सले निर्माण गर्ने यो कमेडी रियालिटी शोको घोषणा गरिएको हो । कार्यक्रममा  शोको लोगो समेत सार्वजनिक गरियो ।

‘कमेडी किड्स’मा चारदेखि १४ वर्षसम्मका बालबालिकाले भाग लिन पाउने आयोजक संस्थाका रघुनाथ सापकोटाले जानकारी दिए । फागुनको पहिलो साताबाट डिजिटल अडिसन खुल्ला गरिने शोलाई सन्तोष खनालले निर्देशन गर्नेछन् । शोको जुरी टिम र अन्य टिम फाइनल हुन बाँकी रहेको जनाइएको छ ।

डिजिटल पार्टनर ओएसआर डिजिटल र भोटिङ पार्टनरमा ओएसआर कनेक्टसँग सम्झौता भएको छ। शो प्रशारण हुने टेलिभिजन फाइनल हुन बाँकी रहेको जनाइएको छ । प्रतियोगिताका विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित मिति: २०२५-०२-०४ , समय : १२:२८:५० , ४ महिना अगाडि