‘खेलेरै बाँच्न सक्ने आधार बन्दैछ’

पोखरा । खेलकुदलाई तहगत रुपमा विकास गर्ने उद्देश्यबाट विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्न थालिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताएका छन् । दोस्रो विश्वविद्यालय खेलकुदको बुधबार पोखरामा उद्घाटन गर्दै घिसिङले खेलेर पनि बाँच्न सक्ने आधार बनाउन प्रयास गरेको दिए ।

सहआयोजक गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा परिषद्का सदस्य तथा कार्यक्रम संयोजक डा. मधुसुदन सुवेदीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विश्वविद्यालयका रजिष्टार, डिन तथा कार्यक्रम संयोजकहरुको उपस्थिति थियो ।

माघ २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौं,पूर्वाञ्चल, त्रिभुवन, पोखरा, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, कृषि तथा वन विज्ञान र पूर्वाञ्चल विश्वविद्यालयका टिम सहभागी छन् । भलिबल, एथलेटिक्स,टेबलटेनिस र व्याडमिन्टनमा गरि १९ स्वर्ण पदका लागि प्रतिस्पर्धा भइरहेको प्रतियोगिताका सचिव तथा राखेप प्रतियोगिता विभाग प्रमुख मीनकुमार शर्माले बताए ।

प्रकाशित मिति: २०२५-०२-०५ , समय : १५:२८:४५ , ४ महिना अगाडि