गगनको ‘म तिमीतिरै हेर्छु‘मा प्रचण्डबाबु र स्मारिका (भिडियो)

काठमाडौं । गायक गगन श्रेष्ठले प्रणय दिवसको अवसर पारेर नयाँ गीत ‘म तिमीतिरै हेर्छु‘ सार्वजनिक गरेका छन् । शुक्रबार नुवाकोटको विदुरमा कार्यक्रम आयोजना गरी गीतको भिडियो सार्वजनिक गरियो ।

कञ्चन मगर जिआरको शब्द र प्रवीण बराइलीको संगीत रहेको गीतलाई सञ्जीव बराइलीले एरेन्ज गरेका हुन् । रोमान्टिक भावको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । गीतमा गायक समेत रहेका प्रचण्डबाबु राई र मोडल स्मारिका ढकालले अभिनय गरेका छन् ।

भिडियोमा दिनेश पराजुलीको छायांकन र विकास धमलाको सम्पादन छ । भिडियोको छायांकन नुवाकोट जिल्लाका धार्मिक, रमणीय तथा पर्यटकीयस्थलमा गरिएको छ । मञ्जिला श्रेष्ठको प्रस्तुति रहेको गीत गायक गगनकै च्यानल ‘गगन श्रेष्ठ’म रिलिज गरिएको छ ।

प्रकाशित मिति: २०२५-०२-१५ , समय : ०७:२३:३६ , ३ महिना अगाडि