
काठमाडौं । ‘भ्यालेन्टाइन डे’को अवसर पारेर गीतकार केदार उप्रेतीले नयाँ रोमान्टिक गीत ‘नींद नआई’ ल्याएका छन् । अनु चौधरी र सिडी विजय अधिकारीको स्वर रहेको गीतमा सिडी विजयले नै संगीत भरेका छन् । गीतमा रिकेश गुरुङको एरेन्ज छ ।
प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा गीता ढुंगाना र लक्षु शर्मा फिचर्ड छन् । भिडियोमा उत्तम हुमागाईंको छायांकन र माधव बेल्वासेको सम्पादन छ । गीत ‘क्रिस्टल क्रियसन’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

अमेरिकाको पेन्सलभेनिया निवासी गीतकार उप्रेतीका यसअघि केही गीत र साहित्यिक रचना सार्वजनिक भइसकेका छन् ।
प्रकाशित मिति: २०२५-०२-१५ , समय : १९:४६:२६ , ३ महिना अगाडि