बाबुल गिरीको गजलमा ‘हिमाली सुन्दरी’ बनिन् प्रियंका

हिमाली सुन्दरी गोरी मलाई जालमा पार्‍यौ

तिमीले प्रेमको कैदी बनाई जालमा पार्‍यौ

गायक तथा संगीतकार बाबुल गिरीको नयाँ गजल ‘हिमाली सुन्दरी’का हरफ हुन् यी । रोमान्टिक गजलमा बाबुल गिरीको स्वर तथा संगीत छ भने आरजु गिरीको शब्द छ । गजललाई बाबुल गिरीले नै एरेन्ज गरेका छन् ।

मेहफिलको सेटमा प्रस्तुत गरिएको गजलको भिडियोमा अभिनेत्री प्रियंका कार्की, आयुष्मान देशराज जोशी र बाबुल गिरी फिचर्ड छन् । संगीतसागर बुर्जाले निर्देशन गरेको भिडियोलाई विश्वास भण्डारीले छायांकन र पदम सुवेदीले सम्पादन गरेका हुन् । निर्माता आरजु गिरी हुन् ।

‘हिमाली सुन्दरी’ गजल ‘नेपाली गजल बहार’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति: २०२५-०३-०६ , समय : १६:१५:४३ , ३ महिना अगाडि