
सिड्नी । सिड्नीको बरुउड पार्कमा ‘बाबा होली मेला’ हुने भएको छ । शैक्षिक परामर्शदाता संस्था बाबा एजुकेसन कन्सल्टेन्सीले नेपालका लोकप्रिय कलाकारको प्रस्तुतिसहित होली मेला आयोजना गर्न लागेको हो ।
यही मार्च १३ र १४ गरी दुई दिनसम्म चल्ने मेलामा गायक शिव परियार, मानसराज, आमेश भण्डारी र नटकेसले प्रस्तुति दिने तय भएको बाबा एजुकेसनका प्रमुख रवीन्द्रकुमार शर्माले जानकारी दिए । कार्यक्रमका लागि प्रवेश नि:शुल्क गरिने भएको छ ।

‘सिड्नीमा रहनुहुने नेपालीहरूलाई होलीको अवसरमा एउटै थलोमा जमघट गराउने हाम्रो उद्देश्य हो । प्रवासमा नेपाली संस्कृति र चाडबाड मनाउँदा निर्धक्क भएर मनाउन पाइयोस् भनेर आयोजकले प्रवेश निःशुल्क गरेका छौं,’ उनले भने, ‘सिड्नीमा रहनुहुने बढीभन्दा बढी नेपाली होली मनाउन आउनुहुनेछ भन्ने विश्वास छ ।’
प्रकाशित मिति: २०२५-०३-१० , समय : १४:३४:०२ , २ महिना अगाडि