रामकृष्णको नयाँ गीत ‘गायक’मा आफ्नै सांगीतिक जीवनको कथा

काठमाडाैं । गायक रामकृष्ण ढकालले नयाँ गीत ‘गायक’ ल्याएका छन् । साेमबार नयाँ वर्ष २०८२ को अवसर पारेर सार्वजनिक गीतमा रामकृष्णले आफ्नो सांगीतिक जीवनकाे कथालाई प्रस्तुत गरेका छन् ।

गीतमा बिसुकुमार केसीकाे शब्द र हरि लम्सालकाे संगीत छ । गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् ।

गीतमा रामकृष्णकाे नेपाली सुगम संगीतमा सानै उमेरदेखिकाे संघर्षदेखि सफलता प्राप्तिसम्मको कथा समेटिएका छन् । भिडियाेमा उनका सबैजसाे सांगीतिक एल्बम समेत देखाइएकाे छ । याे गीत र भिडियाेलाई रामकृष्णकाे सांगीतिक जीवन संग्रहकाे रुपमा समेत लिन सकिन्छ ।

भिडियोमा सानो उमेरदेखि एकपछि अर्को गर्दै प्राप्त सफलता, उनकै जीवनमा आधारित फिल्म, वैवाहिक जीवनमा बाँधिएदेखि छोरी जन्मदासम्मका तस्वीरहरु समेत समेटिएका छन् । साथै, विभिन्न स्थानमा पुगेर आफूले दिइएका सांगीतिक प्रस्तुतिदेखि विभिन्न अवार्ड र राष्ट्रिय पुरस्कार पाउँदासम्मका तस्वीरहरुलाई दृश्यमा समेटिएका छन् ।

गीत ‘रामकृष्ण ढकाल’  युट्युब च्यानलमा सार्वजनिक गरिएकाे छ ।

प्रकाशित मिति: २०२५-०४-१४ , समय : २०:५०:३१ , १ महिना अगाडि