
काठमाडौं । च्याम्पियन मार्सल आटर््स क्लब युएसएले १३औं दक्षिण एसियाली खेलकुद (साग) की तेक्वान्दोकी स्वर्ण पदक विजेता तथा नेपालकी अन्तर्राष्ट्रिय रेफ्री काजल श्रेष्ठलाई क्लबको टि–सर्ट, प्रमाणपत्र र नगद ४०० अमेरिकी डलरसहित विशेष सम्मान गरेको छ ।
न्युयोर्कस्थित क्लब परिसरमा आयोजित भव्य कार्यक्रममा सिद्धार्थ लामा, पुष्प थापा मगर, जनकसिंह खड्का, तारा रायमाझी, कमल मगरलगायत खेलकुद क्षेत्रका व्यक्तित्वहरू र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै च्याम्पियन क्लबका संस्थापक अध्यक्ष तथा ११औं सागका स्वर्ण पदक विजेता सुनिल लामाले काजलको निरन्तर मेहनत, अनुशासन र सफलताप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनहरूमा अझ ठूला उपलब्धिहरू हासिल होस् भन्ने शुभकामना व्यक्त गरे। साथै, अध्यक्ष लामाले नगद सहयोग उपलब्ध गराउने मनिता शाही र पुष्प थापा मगरलाई विशेष धन्यवाद व्यक्त गरे ।
कार्यक्रम आयोजक च्याम्पियन मार्सल आट्र्स क्लब युएसए विदेशमा रहेका नेपाली खेलाडीहरूको हौसला अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली प्रतिभाको पहिचान स्थापित गर्न निरन्तर सक्रियता जनाउँदै आएको छ ।
कार्यक्रममा बोल्दै पुष्प थापा मगरले काजल श्रेष्ठको योगदानप्रति आभार प्रकट गर्दै सबै खेलाडीहरूलाई मेहनत, निष्ठा र निरन्तर अभ्यासमार्फत लक्ष्यतर्फ अगाडि बढ्न प्रेरणा लिन आग्रह गरे ।

प्रकाशित मिति: २०२५-०४-१५ , समय : १५:३९:३५ , १ महिना अगाडि