
काठमाडौं । प्रमोद खरेल र गायिका अन्नु चौधरीको स्वरमा ‘के गरौं भन तिम्रो हुनलाई’ गीत सार्वजनिक भएको छ। रोमान्टिक भावको गीतमा किरण के उप्रेतीको शब्द र नवीन कार्कीको संगीत छ। गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् ।
भिडियोमा रञ्जन कोइराला र गरिमा शर्मा फिचर्ड छन् । मुनाल शिशिरले निर्देशन गरेको भिडियोमा सुजन श्रेष्ठको छायांकन र विष्णु खड्काको सम्पादन छ ।

गीत ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।
प्रकाशित मिति: २०२५-०५-१२ , समय : ०८:१६:३५ , १ हप्ता अगाडि