यम बरालको ‘राम पियारी’, दीपाश्रीसँग बने रोमान्टिक

काठमाडौं । गायक यम बरालले नयाँ गीत ‘राम पियारी’ ल्याएका छन् । डीपी खनालको शब्द र शंकर थापा स्माइलको संगीत रहेको गीतले रोमान्टिक शैलीमा प्रेमिकाको बयान गर्छ । गीतलाई विश्व अधिकारीले एरेन्ज गरेका छन् ।

पूर्व पश्चिम घुम्दा नि देखिनँ तिमीजस्ती राम पियारी

चारै दिशा डुल्दा नि भेटिनँ तिमीजस्ती राम पियारी

गढिछ्यौ दिलमा गढिछ्यौ झन् झन् राम पियारी

मोहनी रुपैले मारिछ्यौ झन् झन् राम पियारी

रमाइलो शैलीमा निर्माण गरिएको गीतको भिडियोमा यम बराल र दीपाश्री निरौला फिचर्ड छन् । प्रेम लामाले निर्देशन गरेको भिडियोमा दीपेश विकको कोरियोग्राफी र टेकेन्द्र शाहको सम्पादन छ । भिडियोलाई निर्देशक लामाले नै खिचेका हुन् ।

यम्मी इन्टरटेनमेन्ट र ग्लोबल एजुकेसनको प्रस्तुति रहेको गीत ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमा रिलिज गरिएको छ । यम हाल कार्यक्रमको सिलसिलामा अमेरिका पुगेका छन् ।

प्रकाशित मिति: २०२५-०५-१६ , समय : ०९:४८:३० , ६ दिन अगाडि