
काठमाडौं । गायक शिव परियारले नयाँ गीत ‘तिमी अर्कैको भइसक्यौ’ ल्याएका छन् । गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत छ भने एरेन्ज सञ्जीव बराइलीले गरेका छन् ।
गीतले प्रेममा बिछोडपछि जीवनमा आउने भाव व्यक्त गर्छ ।

तिमी अर्कैको भइसक्यौ थाहा छ
ऊसँगै जीवन काट्छ्यौ त्यो नि थाहा छ
तर के गरुँ
तिमीले माया अन्तै सारे पनि मलाई एक्लै पारे नि
मर्नुभन्दा पहिले तिमीलाई भेट्ने चाह छ
गायक शिव परियारले लामो समयपछि सुगम संगीतमा एक राम्रो गीत पस्किने प्रयास गरिएको बताएका छन् ।
विवेक विकले निर्देशन गरेको गीतको भिडियोमा सुजन जिम्बा र मोनिका बोहरा फिचर्ड छन् । भिडियोलाई जितु तामाङले खिचेका हुन् भने सम्पादन तथा कलर संयोजन निर्देशक विवेकले नै गरेका छन् ।
गीत ‘शिव परियार’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।
प्रकाशित मिति: २०२५-०६-०७ , समय : ०९:३९:२९ , १९ घन्टा अगाडि